गृहपृष्ठ प्रहरी स्कर्टिङसहित १९ सय कर्णालीवासीलाई घर फर्काइयो

प्रहरी स्कर्टिङसहित १९ सय कर्णालीवासीलाई घर फर्काइयो

फाइल तस्बिर

कामको सिलसिलामा भारतको विभिन्न स्थान पुगेर उतै रोकिएका कर्णालीका स्थानीयहरु घर फर्कने क्रम अझै जारी छ । लकडाउन सुरु भएयता लुकीछिपी तथा प्रशासनको प्रावधान पालना गर्दै हजारौँ कर्णालीवासी घर फर्किएका छन् ।

बिहीबार १९ सय ३० जना कर्णाली भित्रिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायका अनुसार उनीहरुलाई ४९ वटा बसमार्फत प्रहरीको स्कर्टिङसहित कर्णाली भित्र्याइएको हो ।

घर फर्किनेहरुमा सुर्खेतका ४ सय ९७, दैलेखका ८ सय २९, सल्यानका ४ सय ५८, कालिकोटका ५४,जाजरकोटका ८१ र जुम्लाका ११ जना रहेका छन् । उनीहरुलाई आरडीटी परीक्षण गरी सम्बन्धित स्थानीय तहमा लैजाने तयारी भएको सूचना अधिकारी रोकायले बताए । आज घर फर्काइएका उनीहरु यसअघि विभिन्न समयमा प्रदेश ५ र कर्णालीको सीमा क्षेत्र बबईमा आएर बसेका थिए ।

प्रकाशित समय १६:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु