गृहपृष्ठ अनिवार्य क्वारेन्टिनमा बस्न वडा कार्यालयको आग्रह
अनिवार्य क्वारेन्टिनमा बस्न वडा कार्यालयको आग्रह
बझाङको खप्तड छान्ना गाउँपालिका वडा नं ५ ले बाहिरबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै वडाध्यक्ष किरण गिरीले कोभिड १९ को माहामारी फैलिएको बेलामा जिल्लाबाहिर वा विदेशबाट आएकाहरुलाई अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न आग्रह गरेका हुन् ।
वडा कार्यालय कालुखेती नजिकै रहेको खप्तड मावि र खापरदेव क्याम्पसमा बाहिरबाट आएका स्थानीयहरुलाई बस्ने व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ । यदि क्वारेन्टिनमा बस्न नमान्नेहरुलाई सरुवा रोग ऐन अनुसार कारबाही गर्ने जनाइएको छ ।

यो पनि पढ्नुस्
प्रकाशित समय २०:१९ बजे

















