गृहपृष्ठ सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिको निर्देशन
सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिको निर्देशन
फाइल तस्बिर
संसदीय समितिले सामाजिक सुरक्षा भत्ता वितरणलाई निरन्तरता दिन सरकारलाई निर्देशन दिएको छ । संसदको महिला तथा सामाजिक समितिको शुक्रबार बसेको बैठकले कोरोनाभाइरस महामारीले प्रभावित पारेको समयमा राहत र सहयोगका थप कार्यक्रम ल्याउनुपर्नेमा सरकारले एकल महिला र अतिअशक्त अपांगता भएकाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्दै निरन्तरता दिन सरकारलाई दिर्नेशन दिएको हो ।
यसअघि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई पत्र पठाएर भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।
यो पनि पढ्नुहोस्
सरकारले काट्यो अतिअशक्त अपांगको सामाजिक सुरक्षा भत्ता
प्रकाशित समय १९:१८ बजे

















