गृहपृष्ठ आइसोलेसन वार्डबाटै दोस्रोपटक भागेका कोरोना संक्रमित व्यक्ति भेटिए

आइसोलेसन वार्डबाटै दोस्रोपटक भागेका कोरोना संक्रमित व्यक्ति भेटिए

जनकपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डबाट फरार भएका कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । सर्लाही, धनकौलाका ४० वर्षीय संक्रमित ती पुरुष मानसिक रोगीसमेत हुन् ।

उनलाई धनकौलामै फेला पारेर जनकपुर ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । उनी कोठामा रहेको सीसीटीभी क्यामेरा बटार्दै झ्याल फोडेर फरार भएका थिए ।

अस्पतालका कोभिड- १९ फोकल पर्सन डा. कुलदीप पण्डितका अनुसार उनको आइतबार १४औं दिनको स्वाब संकलन गर्ने तयारी थियो । यसअघि पनि भागेर रातारात गाउँ पुगेका उनलाई पुन: अस्पताल फर्काइएको थियो ।

मानसिक सन्तुलन ठीक नभएका कारण उनलाई छुट्टै कोठामा राखिदै आएको छ । उनलाई मानसिक रोग विशेषज्ञले पनि उपचार गरिरहेका छन् । उनी गत वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु