गृहपृष्ठ प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री ओलीले कोभिड- १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको प्रेस सल्लाहकार थापाले जानकारी दिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ ।

प्रकाशित समय १३:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु