गृहपृष्ठ सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

सेती अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ७ का ५५ वर्षीय पूरुषको आइसोलेसनमै मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

उनी हिजोमात्रै भारतबाट फर्किएपछि आइसोलेसनमा भर्ना भएका थिए । आज विहान ६ बजे मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको समेत सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु