गृहपृष्ठ भारतबाट आएका सुर्खेतका एक युवाको मृत्यु
भारतबाट आएका सुर्खेतका एक युवाको मृत्यु
भारतको गुजरातबाट नेपाल फर्कँदै गरेको चिङ्गाड गाउँपालिका ५ का एक युवाको सुर्खेतमा मृत्यु भएको छ ।
२२ वर्षीय युवा गाडीमा आउँदा आउँदै सिकिस्त भए पनि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याउँदै गर्दा मृत्यु भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।
उनी बाथको रोगी भएको र उनको मृत्यु पश्चात् कोरोना परीक्षणको लागि स्वाब निकालिएको छ । उनको मंगलबार राती करिब सवा १२ बजे मृत्यु भएको हो ।
प्रकाशित समय १०:०३ बजे

















