गृहपृष्ठ क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

क्वारेन्टिनमा बसेका वृद्धको मृत्यु

death-newskarobar सांकेति तस्बिर ।

गुलरिया नगरपालिकाको क्वारेन्टिनमा रहेका एक वृद्धको बुधबार मृत्यु भएको छ । गुलरिया- ४ स्थित बबई क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मंगलबार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए/नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । (रासस)

प्रकाशित समय १२:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु