गृहपृष्ठ सरकारले आजको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने

सरकारले आजको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने

फाइल तस्बिर।

सरकारले आजको संसद बैठकमा संविधान संशोधन प्रस्ताव पेश गर्ने भएको छ । दिउँसो २ बजे बस्ने संसद बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गर्ने कार्यसूची संघीय संसद सचिवालयले तयार पारेको छ ।

सरकारले संविधान संशोधनका लागि हिजो सर्वदलीय बैठकमा तत्कालका लागि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभाग समेटेर तयार पारिएको नक्सालाई संविधानको अनुसूची ३ मा समावेश गर्न संविधान संशोधन गर्नुपर्ने सहमति बनेको थियो । बढीमा एक साताभित्र संविधान संशोधन विधेयक पारित गरिसक्ने तयारी सरकार र संसद सचिवालयको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेको नक्सा सरकारले जारी गरेपछि त्यसलाई कानुनी  वैधानिकता दिनका लागि संविधानको अनुसूचीमै परिवर्तन गर्न आवश्यक भएकाले संविधान संशोधन गर्न आवश्यक थियो ।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु