गृहपृष्ठ भारतबाट आउने कर्णालीवासीलाई खाना खुवाउने प्रदेश सरकारको तयारी

भारतबाट आउने कर्णालीवासीलाई खाना खुवाउने प्रदेश सरकारको तयारी

भारतबाट आएका नेपालीहरु वीरगंज नाकामा । (तस्बिर : रासस)

कर्णाली प्रदेश सरकारको पहलमा भारतबाट आउने कर्णालीवासीहरुलाई भेरीगंगा नगरपालिकाको छिन्चुमा बिहीबारदेखि खाना खुवाउने तयारी भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा छिन्चुमा खाना पकाएर खुवाउने तयारी भएको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए । उनका अनुसार दैनिक २ हजार जनालाई १५ दिनसम्म खाना खुवाउने तयारी भएको छ ।

नेपाल रेडक्रस सोसाइटी, जेसिस लगायतले स्वयंसेवकको रुपमा खाना पकाउन सहयोग गर्ने भएका छन् । भेरी-बबई डाईभर्सन आयोजनाको कार्यालयले पानीको व्यवस्था गर्ने भएको उनले बताए । प्याकिङ गरिएको खाना चेकपोष्टमा पठाउने र प्रवेश गर्दा खाना दिइने तयारी भएको सूचना अधिकारी रोकायले जानकारी दिए ।

प्रकाशित समय १९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु