गृहपृष्ठ दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध
दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध
गृह मन्त्रालयले तीन दिन दीपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ ।मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घर-घरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।
मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।
प्रकाशित समय २२:२३ बजे

















