गृहपृष्ठ बेलायतमा कोरोनाबाट मृत्यु हुने भूपू गोरखाको संख्या ५४ पुग्यो
बेलायतमा कोरोनाबाट मृत्यु हुने भूपू गोरखाको संख्या ५४ पुग्यो
कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मंगलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिए ।
हालसम्म बेलायतमा कोरोनाबाट निधन हुने भूपू गोरखा सैनिकको संख्या ५४ पुगेको छ । मृत्यु हुने कुल नेपालीको संख्या भने ६५ रहेको छ ।
पुर्ख्याैली घर खोटाङ भइ उदयपुर बसाइँसराइ गरेका राई लामो समयदेखि बेलायत बस्दै आएका थिए । सुरुमा कोरोनाको लक्षण देखिएपछि घरमै आइसोलेसनमा बस्न अस्पतालले सुझाएको थियो । घरमा १४ दिनसम्म बस्दा पनि ठीक नभएपछि पाँच हप्ताअगाडि उनलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।
घर नजिककैको बासिल्डन अस्पतालको सघन उपचार कक्षमा एक महिना पाँच दिन राखेर उपचार गर्दासमेत कुनै सुधार भएको थिएन । उनका तीन छोरा बेलायतमा र श्रीमती नेपालमै छन् ।
प्रकाशित समय १२:३८ बजे

















