गृहपृष्ठ पर्वतका सिडिओलाई गण्डकी प्रदेश सरकारको सम्मान

पर्वतका सिडिओलाई गण्डकी प्रदेश सरकारको सम्मान

गण्डकी प्रदेश सरकारले पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई सम्मान गरेको छ । प्रदेशका ११ जिल्लामध्ये उत्कृष्ट कार्य सम्पादन गरेको मूल्यांकन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रमुख जिल्ला अधिकारी घिमिरेलाई प्रशंसा पत्र प्रदानसहित सम्मान गरेका हुन् ।

सम्मानपत्र प्रदान गर्दै मुख्यमन्त्री गुरुङले कोरोना नियन्त्रण र दैनिक कार्यसञ्चालनमा प्रजिअ घिमिरको कार्यसम्पादन प्रदेशभरमै उत्कृष्ट रहेको बताए । घिमिरे हाल पर्वतबाट चितवन जिल्ला प्रशासन कार्यालय सरुवा भएकी छन् ।

कोरोना महामारीका कारण भएको लकडाउनमा खाद्यान्न आपूर्ति, बिक्री तथा बजार मूल्यका आधारमा कुश्मा बजार उत्कृष्ट देखिएको थियो भने जिल्लाको सुरक्षा संयन्त्रको अगुवाइ गर्दै सरकारले लकडाउन गर्नु एक दिनअघि नै पर्वतमा लकडाउनको घोषणा गरिएको थियो ।

त्यस्तै, कोरोना नियन्त्रणका लागि कोरोना विशेष अस्थायी अस्पताल स्थापना गर्न, होटलहरुमा पुलिङ क्वारेन्टाइनको निर्माण गर्न र विभिन्न नाकामा कडाइ गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रजिअ नेपालको महत्वपूर्ण भूमिका रहेको प्रदेश सरकारले जनाएको छ । घिमिरेले भ्रष्टाचार न्यूनीकरणका लागि नागरिक निगरानी समूह गठन गर्नुका साथै कार्यालयका दैनिक गतिविधिलाई सरल र सहजसमेत बनाएको सरकारको ठहर छ ।

प्रकाशित समय १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु