गृहपृष्ठ भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चीनमा भन्दा धेरै, कुन प्रान्तमा कति ?
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या चीनमा भन्दा धेरै, कुन प्रान्तमा कति ?
भारतमा कोरोनाभाइरस (कोभिड १९) का संक्रमित १ लाख ६५ हजार पुगेका छन् । आइतबार दिउँसोसम्ममा १ लाख ६५ हजार ७९९ संक्रमित फेला परेका हुन् । मृतकको संख्या चीनमा भन्दा बढी भएको छ । चीनमा हालसम्म ४ हजार ६३४ जनाले ज्यान गुमाएकोमा भारतमा ४ हजार ७११ जनाले ज्यान गुमाएका छन् ।
केही दिनयता भारतमा २४ घण्टामा नयाँ संक्रमित औसत ७ हजारका दरले बढिरहेका छन् । पाँच दिनमै करिब ३५ हजार संक्रमित थपिएका छन् । बितेका २४ घण्टामा भारतमा ७ हजार ३०० भन्दा बढी संक्रमित थपिए भने १७७ जनाले ज्यान गुमाए । विश्वभर सर्वाधिक संक्रमित हुने देशमा भारत ९ नम्बरमा छ ।
विश्वभर कोभिड १९ बाट करिब ५९ लाख ९ हजार मानिस संक्रमित भएका छन् । अमेरिकामा मात्रै कोभिड १९ संक्रमितको संख्या १७ लाख ६८ हजारभन्दा बढी भएको छ । विश्वभर कोभिड १९ बाट ३ लाख ६२ हजार ८१ जनाले ज्यान गुमाएका छन् । बितेका २४ घण्टामा मात्रै विश्वभर ५ हजार १४४ जनाले ज्यान गुमाएका छन् ।
भारतमा कुन प्रान्तमा कतिको मृत्यु ?
महाराष्ट्र – १,८९७
गुजरात – ९३८
मध्य प्रदेश – ३१३
पश्चिम बंगाल – २८९
दिल्ली – ३०३
हिमाचल – २१८
राजस्थान – १७३
उत्तर प्रदेश – १८२
तामिल नाडु – १३३
आन्ध्र प्रदेश – ५८
तेलंगाना – ६३
कर्णाटक – ४७
पन्जाब – ४०
जम्बु/कास्मिर – २६
हरियाणा – १८
बिहार – १५
ओडिसा – ७
केरला – ७
झारखण्ड – ४
आसाम – ४
हिमाचल – ५
चण्डीगढ – ४
उत्तराखण्ड – ४
पुडुचेरी – १
मेघालय – १
प्रकाशित समय ११:२७ बजे

















