गृहपृष्ठ विप्लव समूहका नेता शर्मालाई रिहा गर्न अदालतको आदेश
विप्लव समूहका नेता शर्मालाई रिहा गर्न अदालतको आदेश
विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ । न्यायाधीश हेमन्त रावलको इजलासले शर्माविरूद्ध अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालमै लगिएको छ ।
चितवनको रत्ननगर- ५ घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले उनलाई पुरानो मेडिकल कलेज पुर्याएका थिए । शर्मा अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले गत २३ वैशाखमा उनलाई नियन्त्रणमा लिएको थियो ।
उनलाई प्रहरीले राज्य विरुद्धको कसुरमा मुद्दा चलाएको थियो । शर्मा धनुषा घटनामा पनि संलग्न भएको प्रहरीको दाबी थियो । तर अदालतले त्यसलाई पनि अस्वीकार गरेको छ । शर्मा विप्लव नेतृत्वको नेकपाका पोलिटब्युराे सदस्य सदस्यसमेत हुन् ।
प्रकाशित समय १६:२५ बजे

















