गृहपृष्ठ थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १,५६७ पुग्यो

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १,५६७ पुग्यो

२२० जना उपचारपछि निको भएर घर फर्किए

पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार आइतबार थप १६६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

थपिएबम संक्रमितमध्ये १६२ जना पुरुष र ४ जना महिला रहेको आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले  जानकारी दिए । नयाँ संक्रमितमा स्याङ्जाका २, तनहुँका १, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलवस्तुका ५, बाँकेका ८, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङका १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जना रहेका छन् ।

योसँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । कुल संक्रमितमध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेकाे मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संक्रमितमध्ये २ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित समय १६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु