गृहपृष्ठ संविधान संशोधन विधेयकको सूचना राजपत्रमा
संविधान संशोधन विधेयकको सूचना राजपत्रमा
सरकारले नयाँ नक्सासहितको निशान छाप उल्लेख गरेर संविधान संशोधनको विधेयक संसदमा दर्ता गरेलगत्तै आइतबार नै राजपत्रमा पनि सूचना प्रकासित गरेको छ ।
सरकारले नेपालको संविधान २०७२ को धारा २७४ को उपधारा ३ बमोजिम संविधान संशोधन विधेयकबारे आमनागरिकलाई जानकारी दिन राजपत्रमा प्रकासित गरेको हो ।
उपधारा ३ मा संसदमा पेश भएको संविधान संशोधन विधेयक सदनमा प्रस्तुत भएको तीस दिनभित्र सर्वसाधारण जनताको जानकारीका लागि सार्वजनिक रूपमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।
नेपालको नयाँ नक्सासहितको निशान छाप भएको अनुसूचीमात्र संशोधन गर्न लागिएको र यसलाई बिनाकुनै विलम्ब संसदबाट पारित गर्न लागिएकाले तत्कालै राजपत्रमा सूचना निकालिएको हो ।
सत्तारुढ दलबाहेक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यो संशोधनमा पक्षमा एकमतले उभिने निर्णय गरिसकेको छ । संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ ।
सरकारले सर्वसम्मतले संविधान संशोधन प्रस्ताव पारित हुने अपेक्षा गरे पनि पूर्वमधेशवादी दलका केही नेताहरूले खुलेरै यसको विरोध गरेका छन् ।
प्रकाशित समय १९:०६ बजे

















