गृहपृष्ठ बाँकेमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ जना घाइते
बाँकेमा बस दुर्घटना : ११ जनाको मृत्यु, २२ जना घाइते
बाँकेमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । गए राति करिब ११ बजे बाँकेको शमशेरगंज र अगैयाको बीच जंगलमा ट्रकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
भारतबाट फर्केका नेपालीलाई लिएर नेपालगञ्जबाट दाङतर्फ गइरहेको यात्रुवाहक फोर्स मिनि बस दुर्घटना हुँदा चालकसहित ११ जनाको मृत्यु र २२ जना घाइते भएको बाँके प्रहरीले जानकारी दिएको छ । दुर्घटनाका घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको जनाएको छ । बाँकी विवरण आउन बाँकी छ ।
प्रकाशित समय ०६:५९ बजे

















