गृहपृष्ठ भारतबाट आएकालाई गाउँ लैजाँदै गरेको बस बाँकेमा दुर्घटना, १२ जनाको मृत्यु
भारतबाट आएकालाई गाउँ लैजाँदै गरेको बस बाँकेमा दुर्घटना, १२ जनाको मृत्यु
गए राति बाँकेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये दुई जनाको सनाखत भएको छ । सनाखत भएका गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको भएको बताइएको छ । भारतबाट नेपाल आएकाहरूलाई गाउँ लैजाँदै गरेको बस दुर्घटनामा परेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार घाइतेहरु सबैको सनाखत भइसकेको छ । मृतकको सनाखत भइ नसकेको उनले बताए । आइतबार राति भारतको रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको फोर्स गाडी राति करिब १२ बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।
ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको ठाउँमा बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको उनले बताए । दुर्घटनाका मृतक र घाइते सबैलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको छ ।
दुर्घटनाका घाइते
दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
दाङ जिल्लाका २० वर्षीय भरत थापा
रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
ऐ. का २० वर्षीय वीरेन्द्र परियार
ऐ. का १८ वर्षीय पुरन परियार
रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
सल्यान जिल्लाका शिव भण्डारी
सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।
प्रकाशित समय ११:२२ बजे

















