गृहपृष्ठ नेपाल-इजरायल कुटनीतिक सम्बन्धको ६० वर्ष : दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
नेपाल-इजरायल कुटनीतिक सम्बन्धको ६० वर्ष : दुई देशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता
नेपाल-इजरालबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायली समकक्षी बेञ्जामिन नेतान्याहूलाई टेलिफोन गरी शुभकामना आदान-प्रदान गरेका छन् ।
सोमबार भएको सो वार्ताको क्रममा दुवै प्रधानमन्त्रीले यस अवधिमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै गएको चर्चा गर्दै र यसले आगामी दिनमा थप फराकिलो हुने विश्वास व्यक्त गरे । यसका साथै आगामी दिनमा दुईपक्षीय तथा बहुपक्षीय फोरममा नेपाला-इजारयलबीच हुने सरसहयोगका लागि आपसी सहकार्य जारी राख्नेसमेत दुवै प्रधानमन्त्रीले प्रतिवद्धता जनाए ।
टेलिफोन वार्ताको क्रममा दुई देशका प्रधानमन्त्रीले आगामी दिनमा उपयुक्त समय मिलाएर आपसी भ्रमण आदान-प्रदान गर्नेबारेमा पनि कुराकानी भएको थियो । यसका साथै इजरायले कृषि क्षेत्रमा हासिल गरेको व्यावसायिक तथा प्राविधिक उपलब्धि नेपालमा भित्र्याउनेबारे पनि प्रधानमन्त्री ओलीले समकक्षी नेतात्याहूसँग कुराकानी गरे ।
दुुई प्रधानमन्त्रीबीच कोभिड- १९ ले दुवै देशको अर्थतन्त्र र सामाजिक जीवनमा पारेको असरका विरुद्ध कसरी लड्ने भन्ने विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री ओलीले इजरायलमा रहेका नेपालीहरुप्रति त्यहाँको सरकारले देखाएको सद्भावका लागि आभार प्रकट गरेका थिए ।
नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा दौत्य सम्बन्ध कायम भएको हो ।
प्रकाशित समय २१:१६ बजे

















