गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या साढे ६३ लाख नाघ्यो, २४ घण्टामै थपिए १ लाख संक्रमित
विश्वभर कोरोना संक्रमितको संख्या साढे ६३ लाख नाघ्यो, २४ घण्टामै थपिए १ लाख संक्रमित
विश्वभर कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमितको संख्या साढे ६३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा करिब एक लाख तीन हजार थपिएसँगै विश्वभर कुल संक्रमित संख्या ६३ लाख ६५ हजार ४७३ पुगेको छ ।
अमेरिकामा मात्र संक्रमितको संख्या १८ लाख ५९ हजार नाघेको छ । अमेरिकामा केही दिनयता संक्रमित हुने दर भने घट्दै गएको छ । वितेका २४ घण्टामा अमेरिकामा नयाँ २२ हजार संक्रमित थपिएका छन् ।
भारतमा भने संक्रमित संख्या तीव्र दरमा बढेको छ । भारतमा बितेका २४ घण्टामा ७ हजार ७६१ जना नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ६०८ जनाले ज्यान गुमाइसकेका छन् । हिजोमात्र भारतमा २०० जनाको कोरोनाका कारण ज्यान गएको छ ।
भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा नेपालमा पनि जोखिम बढेको छ ।
प्रकाशित समय ०७:१९ बजे

















