गृहपृष्ठ रुपन्देहीको तिलोत्तमामा गाई फार्ममा कार्यरत पाँच जनाको हत्या

रुपन्देहीको तिलोत्तमामा गाई फार्ममा कार्यरत पाँच जनाको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा गाई फार्ममा कार्यरत पाँच जनाको एकै ठाउँमा हत्या भएको छ । स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत पाँचै जनाको सोमबार राति हत्या भएको हो ।

मृत्यु हुनेमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी र पोषराज मुसहर हुन् । गाई फार्ममा ६ जना कामदार रहेकोमा एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेका थिए । अचेत अवस्थाका उनलाई उपचारका लागि अस्पताल लगिएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिएका छन् ।

प्रहरीले घटनामा उनको संलग्न रहेको आशंका गरेको छ ।अभियुक्त सुर्खेतका ३२ वर्षीय झपेन्द्रसिंह सिंजाली हुन् । उनले  पाँचै जनालाई कोदालो प्रहार गरेर हत्या गरेको वयान दिएको एसपी थापाले बताए । अभियुक्त लागु औषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय ०९:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु