गृहपृष्ठ बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

pakrau-arrest-newskarobar

८ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका १० बस्ने २८ वर्षीय इन्द्र पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पन्तले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका ७ पौलाह कञ्चनपुर बस्ने २५ वर्षीय बिरु चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । चौधरीले बुधबार राति ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेकको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु