गृहपृष्ठ बाबुको हत्या गरेको अभियोगमा पक्राउ

बाबुको हत्या गरेको अभियोगमा पक्राउ

pakrau-arrest-newskarobar

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ लुचाम बस्ने १९ वर्षीय कुबेर कुलुङलाई बाबुको हत्या गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ५७ वर्षीय बाबु सन्तकुमार राई बिहीबार राति मादक पदार्थ सेवन गरेर घरमा पुगेपछि घरायसी विषयमा विवाद भई झगडा हुँदा कुबेरले आगो फुक्ने फलामको ढुंग्रोले बाबुको टाउकोमा प्रहार गरेका थिए ।

ढुंग्रोले लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु