गृहपृष्ठ कविता – हे युवा !

कविता – हे युवा !

हे युवा हो
हो,
हामी कोही सरकारवादी हौं
सकिदैन, सरकार विरोधी हौं
त्यति पनि सकिदैन, कोट काट्ने मुसा हौं
तर, केही न केही हौं ।
वास्तवमै जीवनका लागि
परम् सत्य र सतत् न्यायका लागि
भन्दा पनि
फेसनको पुँजी बजारमा
बेचे वा लिलामै गरे पनि
जम्माजम्मी दुई/चार पैसामा थन्किने
हाम्रो आफ्नै अनुहारको वान्की भनौं
या हाम्रो चेतनाको मूल्य भनौं
यति मात्र प्रदर्शनीमा राखौं
बस,
यति देखाएको भरमा सेलिब्रेटी हुने परम् धुनमा
हामी यसरी आफूलाई बाहिर पोखिरहेका
छौं कि
मानौं वर्षायाममा उर्लिएका धौली गाडहरुले
बगाएर ल्याएका कस्तुरी र अर्नाहरु
यार्सागुम्बा, पाँचऔले, सर्पगन्धाहरु
सिलौटा, सालिग्राम र मणिहरुको अर्थ के थाहा ति
उर्लिएका नदीहरुलाई
जसको आफ्नु उर्लदो जावनीसँग कुनै लेनदेन छैन
सम्बन्ध छ त ति नदी किनारका
माझीहरुको
जसले देख्छ, नदीको जवानीले
भकुरेर ल्याएका
र
जो छालमा पुर्याइएका तमाम कस्तुरी र अर्नाहरु
यार्सागुम्बा र सर्पगन्धाहरु
सिलौटा सालिग्राम र मणिहरु
जो मानवका जातिका लागि मूल्यवान् छन्
भनेर बटुल्छन् माझी
र ठड्याउन्छन मानवीय चेतनाको दिवाल
जसमा म खास माक्र्स र बुद्ध देख्छु ।
तसर्थ,
कम्तिमा हे युवाहरु हो
एउटा माझी त हौं
अनि मत्स्यगन्धासँग विहे वारि
रतिराग सम्भोग र सहवासको कुरा
अनि पो,
एउटा वेदव्यास
जन्माउने
र चराचर जगतको मान्गेनाको
कुरा त
धेरै परको कुरो ।
पहिले एउटा माझी त बनौं ।

प्रकाशित समय १८:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु