गृहपृष्ठ महिलालाई छुट्टै क्वारेन्टिन माग, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि महिला नै हुनुपर्ने

महिलालाई छुट्टै क्वारेन्टिन माग, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि महिला नै हुनुपर्ने

राष्ट्रियसभाका सांसदहरुले सुदूरपश्चिमको कैलाली जिल्ला, लम्की चुहानगरपालिकाको सहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टिनमा भएको बलात्कारको घटनाको विरोध गर्दै घटनामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दिलकुमारी रावल थापा (पार्वती) ले विश्वसँगै नेपालसमेत कोभिड- १९ (कोरोना भाइरस) सँग सामना गरिरहेको विषम परिस्थितिमा कैलाली जिल्लाको सहिद माविको क्वारिन्टनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कारको घोर निन्दा र भर्त्सना गर्दै दोषीमाथि कडा कारवाही गर्नुपर्ने माग गरिन् । ‘महिला संक्रमितको संख्या कम भएकाले महिला स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित छुट्टै जिल्लागत क्वारेन्टिनको व्यवस्था गर्न र सुरक्षाको सुनिश्चितता गर्न माग गर्दछु,’ उनले भनिन् ।

नेकपाकै महेशकुमार महराले बलात्कारमा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्नेमा जोड दिए । सोही पार्टीका मायाप्रसाद शर्माले जाजरकोट नरगाढानगरपालिका बस्ने वीरबहादुर कामीको रोजगारीको सिलसिलामा मलेशियामा यही जेठ १५ गते मृत्यु भएको बताउँदै मृतकको शव नेपालसम्म ल्याउन सरकारको ध्यनाकर्षण गराए ।

नेपाली कांग्रेसका प्रकाश पन्थले देशैभरी क्वारेन्टिनको अवस्था अत्यन्त कमजोर भएको बताउँदै कैलालीको क्वारेन्टिनमा भएको बलात्कार घटना अत्यन्त निन्दनीय छ, दोषीमाथि कडा कारवाही होस् भने । उनले मापदण्डविपरित सञ्चालन गरिएका क्वारेन्टिन तत्काल व्यवस्थित गर्नुपर्ने माग गरे ।

प्रकाशित समय १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु