गृहपृष्ठ पाल्पामा पहिरोले २ वटा गाडी बगायो, २ जनाको मृत्यु

पाल्पामा पहिरोले २ वटा गाडी बगायो, २ जनाको मृत्यु

पाल्पा-गुल्मी सडकखण्डको तानसेन- ११, बन्दीपोखरास्थित सम्मोबारीमा पहिरोले दुईवटा गाडी बगाएको छ । सोमबार एउटा ट्रक र एउटा ट्यांकर पहिरोसँगै बग्दा दुईजनाको मृत्यु भएको छ । एकजनाको उद्धार गरिएको छ । घटनास्थलमा दुईजनाको शव भेटिएको हो ।

कम्तीमा दुईवटा गाडी पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो । प्रहरीका अनुसार एउटा गाडी क्षतविक्षत भएको अर्को गाडी भीरमा अड्किएको छ । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन भइ नसकेको प्रहरीले बताएको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटिरहेका छन् । ढुंगासहितको पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा कठिनाई भएको प्रहरीको भनाइ छ ।

प्रकाशित समय १८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु