गृहपृष्ठ भारतबाट फर्केपछि क्वारेन्टिनमा बसेर घर गएका युवकको मृत्यु
भारतबाट फर्केपछि क्वारेन्टिनमा बसेर घर गएका युवकको मृत्यु
बलेफी गाउँपालिका- ४ का युवकको मृत्युु भएको छ । चौध दिन क्वारेन्टिन बसेर फर्किएका उनको सोमबार मृत्यु भएको हो ।
क्वारेन्टिनबाट पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको केही दिनपछि उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । भारतबाट फर्किएका उनलाई पीसीआर रिपोर्ट नेगेटिभ आएपछि केही दिनअघि घर पठाइएको थियो । मृत्युको कारण भने खुलिसकेको छैन ।
प्रकाशित समय १९:४३ बजे

















