गृहपृष्ठ कृषि विकास बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने
कृषि विकास बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने
कृषि विकास बैंकले सेवालाई प्रविधिमैत्री बनाउँदै अनलाइनबाटै खाता खोल्ने सुविधा सुरु गरेको छ । बैंकले अनलाइनबाटै शून्य मौज्दातमा खाता खोल्न सकिने सुविधा सुरु गरेको हो ।
बैंकले प्रदान गर्ने सेवालाई समयसापेक्ष र ग्राहकमैत्री बनाउँदै बैँकिङ कारोबारको दायरा फराकिलो बनाउन अनलाइनबाट खाता खोल्न सकिने प्रणाली सुरू गरिएको जनाएको छ । उक्त प्रणालीको उद्घाटन बैंकका सञ्चालक समिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिलकुमार उपाध्यायले संयुक्त रुपमा गरेका छन् ।
प्रकाशित समय १९:२८ बजे

















