गृहपृष्ठ नेकपा स्थायी कमिटी बैठकअघि राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता
नेकपा स्थायी कमिटी बैठकअघि राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता
फाइल तस्बिर ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहान १०:३० बजेदेखि झण्डै एक घन्टा राष्ट्रपति र प्रधानमन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
नेकपा स्थायी कमिटी बैठकअघि भएको भेटवार्तालाई नेकपामा अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति भवनबाट नफर्किएका कारण नेकपा स्थायी कमिटी बैठकमा ढिलाइ भएको थियो ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको पार्टीका नेताहरुको अनुमान छ । नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ ।
बैठकमा यसअघि सीमासम्बन्धी एजेन्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ । आइतबार मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीले ‘आफूलाई हटाउन भारत र काठमाडाैंबाट चलखेल भइरहेको’ नेकपाभित्र विवाद थप चर्किएको छ ।
प्रकाशित समय १२:०८ बजे

















