गृहपृष्ठ स्रोत नखुलेको ६५ लाख नगदसहित पक्राउ
स्रोत नखुलेको ६५ लाख नगदसहित पक्राउ
काठमाडौं महानगरपालिका- १४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रुपैयाँसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका- १४ कुलेश्वर बस्ने बारा जितपुरघर भएका ४७ वर्षीय रमेश सिंह र काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका २५ वर्षीय रवि शंकर सिंह रहेका छन् ।
उक्त स्थानमा अवैध नगद कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:०६ बजे

















