गृहपृष्ठ सेयर बजार ७२ अंकले बढ्यो, दुई घण्टामै सकारात्मक सर्किट
सेयर बजार ७२ अंकले बढ्यो, दुई घण्टामै सकारात्मक सर्किट
नेप्से परिसूचक ७२ अंकले बढेपछि कारोबार सुरु भएको दुई घण्टामै सकारात्मक सर्किट लागेर बजार बन्द भएको छ । सोमबार कारोबारको केही समयमा नकारात्मक सर्किट लागेपछि लगानीकर्ताले मनोबल उच्च बनाउँदै सम्हालिएको संकेत गरेका थिए । मंगलबारको बजारमा त्यसैको नतिजा देखिएको छ ।
मंगलबार दुई घण्टामै १३४ कम्पनीको २२ करोड ७२ लाख रूपैयाँको सेयर किनबेच भएको छ । ११३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । नागरिक लगानी कोष, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, सूर्यलाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेसन्स कम्पनी, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र शिवम् सिमेन्टको मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन, विजय लघुवित्त, हिमालयन डिस्टिलरी, साना किसान विकास बैंक, नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, अरुण काबेली पावर, स्ट्यान्डर्ड चार्टर्ड बैंक, युनाइटेड इन्स्योरेन्स, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट इन्स्योरेन्स कम्पनी, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, मुक्तिनाथ विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाडौँ गरी १६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
होटल र म्युचुअल फन्ड समूह ओरालो लागेको बजारमा जीवन बिमा समूह सर्वाधिक ९.४१ प्रतिशतले बढेको छ । त्यस्तै व्यापार समूह ८.३२, बैंक समूह ७.२५, निर्जीवन बिमा समूह ५.८८, विकास बैंक, जलविद्युत र उत्पादनमूलक ४/४ तथा अन्य र लघुवित्त समूह ३ प्रतिशतभन्दा धेरैले बढेका छन् ।
सोमबार नेप्से परिसूचक करिब ५१ अंकले घटेर पछि सम्हालिएको थियो । अन्तिममा १२ अंकले घटेर बन्द हुँदा तीनवटा कम्पनीको मूल्यमा उछाल आएको थियो ।
सोमबार १३० कम्पनीको ९ लाख ७० हजार ७६ कित्ता सेयर ३४ करोड ७७ लाख ७१ हजार रूपैयाँबराबरमा किनबेच भएको थियो । कारोबार भएकामध्ये १७ कम्पनीको सेयर मूल्य बढेको थियो भने १०४ कम्पनीको मूल्य घटेको थियो ।
सोमबार पनि नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र नेपाल इन्भेस्मेन्ट बैंकको साधारण तथा संस्थापक सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको थियो ।
प्रकाशित समय १४:२३ बजे

















