गृहपृष्ठ काठमाडौँको वसन्तपुरमा सलह
काठमाडौँको वसन्तपुरमा सलह
काठमाडौंको आकाशमा देखिएको सलह ।
काठमाडौंको वसन्तपुरमा ठूलो संख्यामा सलह देखिएको छ । अपराह्न ५ बजेदेखि एक–दुईवटा सलह देखिएकोमा अहिले आकाशै छोपिने गरी आएको स्थानीयले बताएका छन् ।
हिजोसम्म पाल्पा, कपिलवस्तु, मकवानपुर, सिन्धुली र काभ्रेका विभिन्न ठाउँमा ठूलो संख्यामा सलह फेला परेकोमा मंगलबार दिउँसोसम्ममा २५ जिल्लामा फैलिएको सलह सूचना केन्द्रले जनाएको छ ।
प्रकाशित समय १८:२० बजे

















