गृहपृष्ठ पूर्वइञ्जिनियरको सम्पत्ति वैधभन्दा अवैध बढी, एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा
पूर्वइञ्जिनियरको सम्पत्ति वैधभन्दा अवैध बढी, एक करोड ८५ लाखको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसनधान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इञ्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भनी आयोगमा परेको उजुरीमाथि छानबिन गर्दा यादवले वैधभन्दा अवैध आय बढिरहेको पाइएको हो । आयोगका अनुसार २०७४ फागुनसम्म दुर्गम तथा स्थानीय भत्ता, कृषि आय, कर्जालगायत एक करोड दुई लाख ७४ हजार ७३९ रूपैयाँ बराबरको रहेको छ ।
आयोगका अनुसार यादव २०३६ मंसिर २ गते सुनसरी मोरङ सिँचाइ विकास समितिमा ओभरसियर पदमा नियुक्ति भएको र २०७४ फागुन १६ गते अवकाश भएको उल्लेख छ । यादवले श्रीमती राधाकुमारी, छोरी आँचलको नाममा समेत लगानी गरेको पाइएको छ ।
आयोगको अनुसन्धानमा यादवको एक करोड ८५ लाख ११ हजार ७२८ बराबरको आय अवैध रहेको पाइएको छ । आयोगले आरोपी यादवको बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित समय १८:३३ बजे

















