गृहपृष्ठ बाह्रबिसेमा आएको बाढीले १८ जना बेपत्ता, दुई जनाको मृत्यु (तस्बिरसहित)

बाह्रबिसेमा आएको बाढीले १८ जना बेपत्ता, दुई जनाको मृत्यु (तस्बिरसहित)

अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

अविरल वर्षाको कारण बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएका र पहिरो जाँदा दुई जनाको निधन भएको छ भने १३ जना सम्पर्कविहीन भएका छन । स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन । अरुको सुरक्षा कर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

प्रकाशित समय ०८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु