गृहपृष्ठ ठगीको आरोपमा आफूलाई ‘ज्योतिषी’ बताउने अर्जुन क्षेत्री पक्राउ

ठगीको आरोपमा आफूलाई ‘ज्योतिषी’ बताउने अर्जुन क्षेत्री पक्राउ

arjun-chhetri-newskarobar

ठगी गरेको आरोपमा आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन् ।

विद्युत् प्राधिकरणले खरिद गरेका जग्गामा घोटाला भएको भन्दै चार करोड रुपयाँ माग गरेको आरोपमा उनलाई पक्राउ गरेको हो । बार्गेनिङ क्रममा ५० लाखमा लेनदेन सहमति भइसकेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बार्गेनिङमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको सह-सचिव हुँ भनेर ठगी गर्न खोजेका थिए । त्यस लगत्तै विशेष सूचनाका आधारमा अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।

प्रकाशित समय ११:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु