गृहपृष्ठ नेपालका ६ जिल्ला कोरोनामुक्त
नेपालका ६ जिल्ला कोरोनामुक्त
नेपालका ६ जिल्ला कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला कोरोनामुक्त भएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप ११८ जनामा कोरोनाभाइरस संक्रमण फेलापरेको छ । यससँगै बिहीबारसम्म १६ हजार ५३१ जना संक्रमित रहेकोमा कुल संक्रमित संख्या १६ हजार ६४९ पुगेको छ ।
शुक्रबारसम्ममा सफल उपचार हुनेको संख्या ८ हजार ११ पुगेको छ । शुक्रबार थप १२० जना निको भएर घर फर्किएका हुन् ।
शुक्रबार काठमाडौंमा १५ जना नयाँ संक्रमित भेटिएका छन् ।
प्रकाशित समय १६:३५ बजे

















