गृहपृष्ठ उपत्यकामा भेटिए नयाँ ४२ कोरोना संक्रमित
उपत्यकामा भेटिए नयाँ ४२ कोरोना संक्रमित
उपत्यकाका तीन जिल्लामा शुक्रबार थप ४२ जना नोवेल कोरोनाभाइरस (कोभिड १९) संक्रमित फेला परेका छन् । शुक्रबार देशभर थपिएका ११८ संक्रमितमध्ये ४२ जना काठमाडौँ उपत्यकाका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा एक, काठमाडौँमा २८ र ललितपुरमा १३ जना नयाँ संक्रमित फेला परेका हुन् ।
भक्तपुरमा भेटिएका एक संक्रमित र काठमाडौँमा भेटिएका १२ जना संक्रमितको टिचिङ अस्पतालमा परीक्षण भएको हो । त्यस्तै ललितपुरका १३ जना र काठमाडौँका १५ जनाको परीक्षण पाटन अस्पतालमा भएको थियो भने काठमाडौँकै अर्का एकजनाको परीक्षण टेकुमा भएको थियो ।
प्रकाशित समय १६:४७ बजे

















