गृहपृष्ठ गाउँपालिकाका सूचना अधिकारी घुस रकमसहित पक्राउ

गाउँपालिकाका सूचना अधिकारी घुस रकमसहित पक्राउ

कैलालीमा जोशीपुर गाउँपालिकाका सूचना अधिकारीलाई घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ । नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुस रकमसहित मंगलबार पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो । कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार जोशीले सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएका थिए ।

सो घुस रकम अख्तियारको टोलीले सोमबार नै बरामद गरेको थियो तर जोशी भागेपछि अख्तियारको टोलीले उनलाई सोमबार पक्राउ गर्न सकेको थिएन । मंगलबार बिहान मात्र जोशीलाई पक्राउ गर्न सकिएको अख्तियारका सूचना अधिकारी टोप बहादुर बिष्टले बताए ।

थप अनुसन्धानको लागि जोशीलाई काठमाडौं पठाइने सूचना अधिकारी बिष्टले जानकारी दिए ।

प्रकाशित समय १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु