गृहपृष्ठ थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको बताए ।

डा. गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै हालसम्म डिस्चार्ज हुनेकाे संख्या १० हजार ३ सय २८ पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ ।

उनले देशभर २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा र ६ हजार ६ सय ९५ जना आइसाेलेशनमा उपचाररत रहेको जानकारी दिए ।

प्रकाशित समय १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु