गृहपृष्ठ सशस्त्रका आइजीपीद्वारा नेपाल प्रहरीका आइजीपीलाई बधाइ
सशस्त्रका आइजीपीद्वारा नेपाल प्रहरीका आइजीपीलाई बधाइ
सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई बधाइ एवं शुभकामना दिएका छन् ।
सशस्त्र प्रहरी प्रमुख खनालले आइजीपी थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पदमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामनासहित बधाइ दिएका हुन् । भेटका अवसरमा सशस्त्र प्रहरी प्रमुख खनाल र आइजीपी थापा क्षेत्रीले दुवै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफलसमेत गरेका थिए ।

भेटघाटका अवसरमा एआईजी हरि बहादुर पाल, सशस्त्र प्रहरीका एआईजीहरू लगायत दुवै संगठनका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति थियो ।
प्रकाशित समय १९:१९ बजे

















