गृहपृष्ठ प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण : सम्पर्कमा आएका १२४ जनाको स्वाब संकलन
प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण : सम्पर्कमा आएका १२४ जनाको स्वाब संकलन
कर्णाली प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीलाई कोरोनाभाइरसबाट संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरूको पनि स्वाब संकलन गरिएको छ । सोमबार सांसद शाहीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
मंगलबार १ सय २४ जनाको स्वाबको नमुना संकलन गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाले जनाएको छ । सांसद शाहीको सम्पर्कमा आएका अन्यको पनि खोजी भइरहेको शाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

डा. तिवारीका अनुसार सांसद शाहीको सम्पर्कमा आएकामध्ये प्रदेशसभाका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरू रहेका छन् । उनीहरू सबैको पीसीआर रिपोर्ट बुधबारसम्म आइसक्ने उनले जानकारी दिए । 
प्रकाशित समय १८:५८ बजे

















