गृहपृष्ठ मेलम्चीमा सुरूङको गेट फुट्दा बेपत्ता इञ्जिनियरको शव फेला
मेलम्चीमा सुरूङको गेट फुट्दा बेपत्ता इञ्जिनियरको शव फेला
फाइल तस्बिर ।
मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मंगलबार दिउँसो दुई जना बेपत्ता भएका थिए ।
तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतीश गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका- ११ स्थित पाल्चोकी क्रसरनजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले जानकारी दिए ।
अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको पनि उनले बताए ।
प्रकाशित समय १९:०८ बजे

















