गृहपृष्ठ यातायात व्यवसायी र मजदुरलाई प्रधानमन्त्रीको आश्वासन- ढुक्क हुनुहोस्, माग पूरा हुन्छ

यातायात व्यवसायी र मजदुरलाई प्रधानमन्त्रीको आश्वासन- ढुक्क हुनुहोस्, माग पूरा हुन्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले यायातात व्यवसायी र मजदुरलाई सरकारले क्षमता र गच्छेअनुसारका माग पूरा गर्ने आश्वासन दिएका छन् । यातायात व्यवसायी र मजदुरका नेताहरूसँग बिहीबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सरकारले माग पूरा गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘कोरोना महामारीले देशको अर्थतन्त्र प्रभावित भएको छ । सरकारले सबै क्षेत्रको समस्या हेर्नुपर्छ ।  व्यवसायी र मजदुरका मागप्रति सरकार गम्भीर छ । ढुक्क हुनुहोस्, क्षमता र गच्छेअनुसार माग पूरा गरिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीसहितको टोली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटअघि व्यवसायी र मजदुरका नेताहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्ना गुनासा सुनाएका थिए ।

प्रकाशित समय १३:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु