गृहपृष्ठ एनआईसी एसिया बैंकमा नगद जम्मा पनि अब अनलाइनबाटै
एनआईसी एसिया बैंकमा नगद जम्मा पनि अब अनलाइनबाटै
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एसिया बैंकले अनलाइनबाटै खातामा नगर जम्मा गर्न सक्ने सेवा सुरु गरेको छ । ग्राहकले अब जुनसुकै ठाउँबाट मोबाइल वा कम्प्युटरमार्फत www.iserve.nicasiabank.com लिंकमा गई डिजिटल माध्यमबाट भौचर भरी नगद रकम जम्मा गर्न सक्नेछन् ।
लिंकभित्र पुगेपश्चात् सेवाग्राहीले भौतिक फारामकै ढाँचाको डिजिटल भौचर भेट्नेछन् । भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरण भरिसकेपछि बैंकबाटै सेवाग्राहीले एसएमएसमार्फत डिपोजिट कोड पाउनेछन् । डिपोजिट कोड लिएर सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै नगद काउन्टरमार्फत रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिनको निमित्त सहयोग पुग्ने बैंकको विश्वास छ । त्यस्तै सेवाग्राहीले काउन्टरमा पुगेर लामो समय लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने नायब प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले जानकारी दिए ।
बैंकले यसबाहेक मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई‑कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, एबिबिएस सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि पनि निःशुल्क आइसर्भिसमार्फत सेवा दिइरहेको छ ।
देशभर एनआइसी एसिया बैंकका ३२६ शाखा, ४६४ एटिएम, १०१ एक्सटेन्सन काउन्टर र ६१ वटा शाखारहित बैंकिङ इकाइ छन् । बैंकका ग्राहक नै सर्वाधि २१ लाखभन्दा रहेको नायब सिइओ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १३:५१ बजे

















