गृहपृष्ठ १२ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा एक पुरूष पक्राउ
१२ वर्षीया छोरी बलात्कार गरेको अभियोगमा एक पुरूष पक्राउ
सांकेतिक तस्बिर ।
आफ्नै १२ वर्षीया बालिका छोरीलाई बलात्कार गरेको अभियोगमा सुनसरी धरान नगरपालिका- १३ घर भई झापा बिर्तामोड नगरपालिका- ८ डेरा गरी बस्ने ३५ वर्षीय पुरुषलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई घरमा कोही नभएको अवस्थामा १ महिनादेखि पटक-पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:४९ बजे

















