गृहपृष्ठ कास्कीमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

कास्कीमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

rasuwa pahiro-newskarobar सांकेतिक तस्बिर

कास्कीको माछापुच्छे गाउँपालिकामा पर्ने खोरको मुखमा पहिरो जादाँ तीन जनाको मृत्यु भएको छ । गएराति  स्थानीय प्रेमराज विकको घर पुरिदा तीन जनाको ज्यान गएको हो ।

विकको घर पुरिदा उनका नाती र नातीनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार प्रेमराज विकका १६ वर्षीय नाती कुसल विक, नातिनी १६ वर्षीय रोजीना विक र नाती १४ वर्षीय समिर विकको मृत्यु भएको छ ।

कास्की प्रहरीको टोलीद्वारा ३ जनाको शव फेला पारेको उनले बताए ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु