गृहपृष्ठ बालविवाह अभियोगमा युवकका बुवाआमासहित ४ जना पक्राउ
बालविवाह अभियोगमा युवकका बुवाआमासहित ४ जना पक्राउ
१७ वर्षीया किशोरीसँग बालविवाह गरेको अभियोगमा आँधीखोला गाँउपालिका-१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारी र बालविवाह गराउने कार्यमा संलग्न तिवारीकै बुवा, आमासमेत ४ जनालाई गत असार ३१ गते प्रहरीले पक्राउ गरेको छ ।
२०७७ असार २१ गते ती किशोरीलाई विवाह गरेको भन्ने किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई विवाहसम्बन्धी कसुरअन्तर्गत (वाल विवाह) मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रकाशित समय १८:०७ बजे

















