गृहपृष्ठ ६६.२४ प्रतिशत संक्रमित निको भए, ८ जिल्ला कोरोनामुक्त

६६.२४ प्रतिशत संक्रमित निको भए, ८ जिल्ला कोरोनामुक्त

नेपालका ८ जिल्ला कोरोना संक्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला जिल्ला कोरोनाभाइरस संक्रमणमुक्त बनेको हो ।

कोरोनाभाइरस संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ११ हजार ६९५ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ६९५ पुगेको जानकारी दिए । यो संख्या कुल संक्रमितको ६६.२४ प्रतिशत हो । आइतबार ५८ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. गौतमले गएको २४ घण्टामा २७ प्रयोगशालाबाट ३ हजार ७४१ जनाको नमुना परीक्षण भएको र काठमाडौंका १ र ललितपुरका २ गरी थप १५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ९६३ जना रहेको छ ।

 

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु