गृहपृष्ठ डेढ करोड नाघ्यो कोरोना संक्रमितको संख्या

डेढ करोड नाघ्यो कोरोना संक्रमितको संख्या

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या डेढ करोड नाघेको छ । विगत चौबिस घण्टामा २ लाख ३९ हजार संक्रमित थपिएपछि कुल संक्रमित संख्या १ करोड ५० लाख ९१ हजार ८८० पुगेको हो ।

यसमध्ये ९१ लाख १० हजार २०८ जना निको भएर घर फर्किएका छन् भने ६ लाख १९ हजार ४१० जनाको उपचारका क्रममा मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ ।

विश्वभर बितेका २४ घण्टामा कोरोना संक्रमित ५ हजार ६७८ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै ब्राजिलमा १ हजार ३४६, अमेरिकामा १ हजार ११९ र भारतमा ६७१ जनाको मृत्यु भएको हो ।

अमेरिकामा ६७ हजार १४०, ब्राजिलमा ४४ हजार ८८७ र भारतमा ३९ हजार १६७ जना संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा संक्रमित संख्या ४० हजार २८ हजार, ब्राजिलमा २१ लाख ६६ हजार र ११ लाख ९४ हजार नाघेको छ ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु